अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले गुलेली र त्रिशूल प्रयोग गरेको पाइएको छ। नयाँ बानेश्वरस्थित होटेल एभरेस्टनजिकबाट प्रहरीले शुक्रबार गुलेलीमा प्रयोग भएको गुच्चा र त्रिशूल बरामद गरेको हो।
एमसिसीको विरोधमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी का भ्रातृ संस्थाहरूले प्रदर्शन गर्दै आएका छन्। एमसिसी सम्झौता संसदमा टेबुल भइसकेको छ।