पौडेललाई प्रचण्डको जवाफ– गठबन्धन बच्छ, एमसिसी प्रक्रियाबाट टुंगिन्छ (भिडियोसहित)

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन बचाउँदै एमसिसी पास गर्न आग्रह गरेका छन्। एमसिसी संसदमा टेबुल भइसकेको र सत्तागठबन्धनभित्र मतभेद भइरहेका वेला पौडेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा पौडेलले एमसिसी पास गर्न गठबन्धन दल एक ठाउँमा आउनुपर्ने बताएका थिए। 

पौडेललाई प्रचण्डले गठबन्धन बच्ने जवाफ दिएका थिए। उनले गठबन्धन बच्ने र एमसिसी प्रक्रियाबाट टुंगिने बताएका थिए। ‘उहाँले गठबन्धन बचाउनुपर्याे। एमसिसीको पनि काम हुनुपर्याे भन्नुभयो,’ भेटपछि प्रचण्डले भने, ‘गठबन्धन बच्छ। एमसिसी प्रकियाबाट टुंगिन्छ भन्ने जवाफ दिएँ।’

एमसिसी परियोजनाका कारण सत्तागठबन्धनमा नै खटपट देखिन थालेपछि पौडेलले गठबन्धनका शीर्ष नेतासँग भेटवार्ता अघि बढाएका हुन्। उनले आज नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए। प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव  नेपालले एमसिसीको पक्षमा नभएको बताएका छन् भने यादवले अझै आधिकारिक धारणा राखिसकेका छैनन्। 
 
 

सुझावित समाचार