प्रदर्शनकारीमाथि प्रहरीले चलायो रबरको गोली

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। एमसिसी सम्झौता संसदमा टेबुल भएपछि आज बिजुली बजार क्षेत्रमा भएको प्रदर्शनलाई नियन्त्रणामा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको छ। प्रहरीले पानीको फोहोर र अश्रुग्याससमेत प्रहार गरेको थियो। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढेपछि अवस्थाले उग्ररूप लिएको थियो। आजको प्रतिनिधिसभा बैठकमा एमसिसी अनुमोदनका लागि टेबुल भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठन नै एमसिसीको विरोधमा सडकमा उत्रिएका छन्।

सुझावित समाचार