नेप्से परिसूचक १.९४ अंकले गिरावट

बिहिबार, ५ फागुन, २०७८
डिजिटल संस्करण

साताको अन्तिम दिनको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक तल झरेको छ । बिहीबार कारोबारको सुरुवातदेखि उतारचढावका बीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर १.९४ अंक घटेर २ हजार ७३२.५१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१९ अंक घटेको छ ।

बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ४० लाख १७ हजार कित्ता सेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकमसमेत गिरावट आएको छ । बुधबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबै उपसमूहको सूचक घटेको छ ।  

बिहीबार नेप्से परिसूचक गिरावट आए पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा २२ करोड ३७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । हिमालयन डिस्टिलरीको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

See More On

सुझावित समाचार