नेपाल र श्रेष्ठलाई भेटेपछि प्रचण्डले भने– गठबन्धनलाई बचाउनेमा हाम्रो जोड छ (भिडियो)

बिहिबार, ५ फागुन, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्। बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरूले गठबन्धनलाई बचाउन जोड दिएको बताए। 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसिसीबारेको निर्णायक बैठकको तयारीबारे छलफल भएको बताए। उनले बैठकमा एमसिसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए। 

‘हाम्रो ५ बजे मिटिङ छ। त्यसकै तयारीको रूपमा भेटघाट गरेका हौँ तीन दलको। पाँच दललाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसिसीलाई कसरी निकास दिने भन्ने कुरा हो। आज पाँच दलको बैठकमा छलफल गरेर एउटा निकास निकाल्छौँ र एउटा निकास निकाल्नेतिर नै हाम्रो जोड छ। जोड सकेसम्म गठबन्धन बचाउनेमा छ,’ प्रचण्डले भने। अध्यक्ष प्रचण्डले आज साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसिसीबारे निकास निकाल्ने पनि बताए। 
 

सुझावित समाचार