महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ल्याएको छ । बैंकले वार्षिक आठ दशमलव ५५ प्रतिशत ब्याज दिने महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको हो ।
यो खाता ५१ रुपैयाँमै खोल्न सकिने र दैनिक मौज्दातमा ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । योजनाअन्तर्गत खाता खोलेका ग्राहकको पाँच लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा गरिएको छ ।
यस बचत योजनाअन्तर्गत खाता खोलेका ग्राहकले निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सी–आस्वा तथा निःशुल्क डिम्याट खाताजस्ता सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो खाता देशभरका सबै शाखामा खोल्न सकिने जनाइएको छ । हाल बैंकले प्रदेश नम्बर १ मा ५, मधेस प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल एक सय तीन शाखामार्फत सेवा दिँदै आएको जनाएको छ ।