नक्कली नोटसहति चार पक्राउ

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

हजार दरको नक्कली नोटसहित प्रहरीले चार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका– १२ का २८ वर्षीय पृथ्वीप्रसाद साह, राजपुर नगरपालिका– ३ का २७ वर्षीय मोहम्मदमुसरफ अली, राजपुर नगरपालिका–६ का ३० वर्षीय असरफ अली सहिद र गौर  नगरपालिका–९ का  २८ वर्षीय महमद सम्साद आलम रहेका छन् । 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई नयाँ बजारबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले हजार दरका दुई सय ९४(दुई लाख चौरानब्बे हजार) नक्कली नेपाली नोट बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

सुझावित समाचार