संसद् घेर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण
संसद् घेर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप

तस्बिर : संजित परियार/नयाँ पत्रिका

एमसिसीको विरोधमा संसद् घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। यथास्थितिमा एमसिसी टेबुल गर्ने कार्य राष्ट्रघाती कदम हुने भन्दै नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नयाँ बानेश्वरस्थित संसद् परिसर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

झडपका क्रममा कम्तीमा एक प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई रोक्ने कोसिस गरिरहेको छ। प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रमा करिब दुई घन्टादेखि सडक अवरुद्ध छ।

सुझावित समाचार