अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ले आइफोन १३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सक्ने योजना ल्याएको छ । कम्पनीले ‘उडान अब मात्र रू. १’ भन्ने नारासहित फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई आइफोन १३ को बम्पर उपहार तथा हरेक दिन एकजनालाई एक रुपैयाँमा फ्लाइट टिकट र पाँचजनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुने योजना ल्याएको हो ।
‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि सहज प्लेटफर्म भएको कम्पनीको भनाइ छ । यसमा एक हजार दुई सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने जनाइएको छ । यसका साथै, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको कम्पनीले उल्लेख गरेको छ ।
यो अफर ३० फागुनसम्म मान्य हुने जनाइएको छ । अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने सर्त राखिएको छ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाइसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने जनाइएको छ ।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्तालाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको बताए ।