पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने  र  स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्नुपर्नेमाग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

 प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरिएकाे थियो । 
 

सुझावित समाचार