वर्षासहित हिमपातको सम्भावना

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। 

मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। वर्षा र हिमपातका कारण बढ्न सक्ने चिसोमा सुरक्षा सतर्कता अपनाउन पनि शाखाले आग्रह गरेको छ । 

See More On

सुझावित समाचार