साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार १०५.५५ अंकले बढेको नेप्से परिसूचक सोमबार १३.४८ अंक घटेर दुई हजार ८७२.०५ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले घटेको छ।
आज कारोबारमा आएका २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको हो। आइतबार ६ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ। अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ। तर, विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ। बैंकिङ, वित्त, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
नेप्से परिसूचकमा ओरालो लागे पनि आज तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन्।