प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनको मेडिसिटी अस्पतालको आइसियूमा उपचार भइरहेको छ। 

प्रचण्ड सचिवालयका अनुसार तीन दिनदेखि आइसियूमा राखेर उपचार भइरहेको छ। स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको सचिवालयले जनाएको छ। सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी नामक रोगबाट समेत ग्रसित छिन्।
 

See More On

सुझावित समाचार