नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध  भएकाे छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान  सुक्खा पहिरो खसेको हो ।  

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।    सडक अवरुद्ध हुँदा चिसो मौसममा यात्रुले सास्ती खेपेका छन् ।
 

सुझावित समाचार