प्रेस चौतारी नेपाल धनकुटाको नवौँ अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । अधिवेशनले रविन कट्टेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनले संगठनको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र मनीषा पोखरेल, सचिवमा भीम मल्ल, सहसचिवमा डम्बरु दाहाल र माया राउत, कोषाध्यक्षमा रवीन्द्र रणपहेलीलाई निर्विरोध चयन गरेको छ । कमिटीको सदस्यमा रूपा बनेम, सृष्टिका राई, विश्वजित देउजा, गोमा ढुंगाना, सन्तोष सुवेदीलगायतलाई चयन गरेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गरेको उक्त अधिवेशनको अवसर पारेर एमाले धनकुटाको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना, सम्मान–पत्र प्रदान गरिएको प्रेस चौतारी नेपाल धनकुटाका निवर्तमान अध्यक्ष सन्तोष रुचालले बताए ।