माछापुच्छ्रेद्वारा प्रहरी वृत्तलाई ब्यारिकेड हस्तान्तरण

बिहिबार, २९ पुष, २०७८
डिजिटल संस्करण

माछापुच्छ्रे बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारिकेड हस्तान्तरण गरेको छ । बैंकको बागमती प्रदेश प्रमुख नीरजमान सैजूले रोड ब्यारिकेड हस्तान्तरण गरेका हुन् । 

बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनहरूलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाका लागि सडक ब्यारिकेड सहयोग गरेको बैंकले जनाएको छ । हाल बैंकले सातै प्रदेशमा आफ्ना एक सय ६३ शाखा, दुई सय एटिएम, एक सय ५७ शाखारहित बैंकिङ र ६ एक्सटेन्सन काउन्टरसमेत गरी तीन सय २६ स्थानबाट सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार