भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

भारतकी चर्चित गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । मंगेशकरमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएको र ब्रिच केन्डी अस्पतालको आइसियूमा भर्ना गरिएको बताइएको छ । डाक्टरहरूका अनुसार ९२ वर्षीया मंगेशकरलाई कोरोना संक्रमण र निमोनिया एकसाथ देखिएको छ । 

उनी २०१९ नोभेम्बरमा पनि निमोनिया कारण सास फेर्न गाह्रो भएकाले २८ दिनसम्म अस्पताल बसेकी थिइन् । 
आफ्नो जीवनको ८० वर्ष सांगीतिक क्षेत्रमा बिताएकी मंगेशकरले तीस हजारभन्दा बढी गीत गाइसकेकी छिन् । 

ई टाइम्सका ब्रिच कैंडी अस्पतालका डक्टर प्रतीक समधानीका अनुसार  मंगेशकरलाई शनिबार राति अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय समधानीले नै मंगेशकरको उपचार गरिरहेका छन् । 

सुझावित समाचार