गृह मन्त्रालयले ६ जिल्लाका सिडिओको सरुवा गरेको छ । एक वर्ष अवधि पुगेका जिल्लामा गृहले सिडिओको हेरफेर गरेको हो । सरुवाअनुसार काभ्रेमा हुमकला पाण्डे, धनुषामा सुरेन्द्र पौडेल, पूर्वी नवलपरासीमा सुमन घिमिरे, सल्यानमा विपिन आचार्य तथा कालिकोटमा रामहरी शर्मालाई पठाइएको छ ।
धनुषाका सिडिओ बन्धु बाँस्तोला, काभ्रेका शिवराज पोखरेल, सल्यानकी लक्ष्मीदेवी होमेगाई, कालिकोटका कृष्ण आचार्यको गृह मन्त्रालय तथा पूर्वी नवलपरासीमा कार्यरत मनमाया मङगेनी भट्टराईको गण्डकी प्रदेशमा सरुवा भएको छ । गृहले गत साता थप नौ सिडिओको सरुवा गरेको थियो ।