कोरोना संक्रमित बढेपछि तुलसीपुरमा विद्यालय बन्द

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

शिक्षक र विद्यार्थीमा दैनिकजसो कोरोना भाइरस संक्रमण देखिन थालेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको शुक्रबार बसेको बैठकले उपमहानगरपालिकाभित्रका सबै विद्यालय पुस २५ देखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरका पाँच विद्यालयका शिक्षक  र विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। तुलसीपुरमा ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालय रहेका छन्।

सुझावित समाचार