२१ पुसमा उम्मेदवारीमाथि दाबी विरोधको उजुरी दर्ता, २२ र २३ पुसमा उजुरीमाथि जाँचबुझ र निर्णय, २४ पुसमा उम्मेदवारले नाम फिर्ता र २५ पुस उम्मेदवारको अन्तिम नामावली प्रकाशन
कुन पार्टीका कति सांसदको पदावधि सकिँदै छ ?
आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादीका चार र कांग्रेसका तीन सदस्यको पदावधि सकिँदै छ । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
मतदान केन्द्र
आयोगले मतदान केन्द्र पनि सार्वजनिक गरिसकेको छ । प्रदेश १ मा दुईवटा मतदानस्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थलभित्र दुई–दुईवटा मतदान केन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । ६ पुसमा आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत नियुक्त गरेको थियो । निर्वाचन आयोगले यसअघि गत १ पुसमै मतदाता संख्या सार्वजनिक गरेको थियो ।
... ...
राष्ट्रिय सभा सदस्यका १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी १२ माघमा हुने निर्वाचनका लागि सातै प्रदेशबाट गरी ४३ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यही २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रमअनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।
प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट तीन–तीन सिट र प्रदेश २, बागमतीबाट दुई–दुई सिटका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
राष्ट्रिय सभाका लागि दर्ता भएका १२ मध्ये नौ दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तागठबन्धनमा रहेका पाँच (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा) दल, विपक्ष एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेसहितका अन्य दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । सबै दलको उम्मेदवारी अन्तिमसम्म कायम रहे कतै द्विपक्षीय र कतै त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । गठबन्धन र एमालेले सातै प्रदेशमा उम्मेदवारी दिए पनि अन्य दलले आंशिक उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा रहेका दलले एमालेका आठ सिटमा भागबन्डा गरेर उम्मेदवारी दिएका छन् ।
क–कसको उम्मेदवारी ?
प्रदेश–१
- महिला– रञ्जु प्याकुरेल (राप्रपा), जयन्तीदेवी राई (एकीकृत समाजवादी), सुमित्रा सुवेदी भण्डारी (एमाले)
- अपांगता भएका व्यक्ति वा अल्पसंख्यक– सोनाम गेल्जेन शेर्पा (एमाले), हेमराज राई (जसपा)
- अन्य– गोपालकुमार बस्नेत (कांग्रेस), गुरुप्रसाद बराल (एमाले), अमरबहादुर विष्ट (राप्रपा)
प्रदेश–२
- महिला– उर्मिला अर्याल (माओवादी केन्द्र), रूपाकुमारी यादव (लोसपा), विना देवी (एमाले)
- अन्य– महमद खालिद (जसपा), उसमान अन्सारी (एमाले)
बागमती
- महिला– गीता काफ्ले (नेमकिपा), गोमादेवी तिमिल्सिना (एकीकृत समाजवादी), नीरकुमारी कुँवर (एमाले)
- अन्य– कृष्णबहादुर तामाङ (नेमकिपा), कृष्णप्रसाद पौडेल (कांग्रेस), गोपाल शाक्य (एमाले)
गण्डकी
- महिला– कमला पन्त (कांग्रेस), लीला पोखरेल (एमाले)
- दलित– भुवनबहादुर सुनार (माओवादी केन्द्र), अर्जुनकुमार सुनाम (एमाले)
- अन्य– सुरेश आलेमगर (माओवादी केन्द्र), पुण्यप्रसाद पौड्याल (एमाले)
लुम्बिनी
- महिला– भारती उपाध्याय खनाल (एमाले), राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)
- दलित– कृष्ण सुनार (एमाले), तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा)
- अन्य– रामदयाल गुप्ता (एमाले), युवराज शर्मा (कांग्रेस)
कर्णाली
- महिला– दुर्गा गुरुङ (कांग्रेस), गंगा थापा (एमाले)
- अपांगता भएका व्यक्ति वा अल्पसंख्यक– नरबहादुर विष्ट (माओवादी केन्द्र), पदमबहादुर माझी (एमाले)
- अन्य– चूडामणि शर्मा (एमाले), उदयबहादुर बोहरा (एकीकृत समाजवादी)
सुदूरपश्चिम
- महिला– सन्तोषकुमारी शर्मा थापा (एमाले), मदनकुमारी शाह ‘गरिमा’ (एकीकृत समाजवादी)
- दलित– नरेशकुमार विश्वकर्मा (एमाले), जगतबहादुर पार्की (माओवादी केन्द्र)
- अन्य– डिल्लाराज भट्ट (एमाले), नारायणदत्त मिश्र (कांग्रेस)