कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । 

बैठकले  प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट पार्टी  मुख्यसचिव कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायणदत्त मिश्रको नाम टुंगो लगाएको हो । 

बैठकले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन मतदाताहरूलाई आह्वानसमेत गरेको छ। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदै छ।

सुझावित समाचार