पात टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा पात टिप्न जंगल गएकी महिलाको बाघको आक्रमणमा परी निधन भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको नवलपुरको अरुणखोला र दुम्कीबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो ।

गाउँलेहरूसँग जंगलमा सालको पात टिप्न जाने क्रममा आज बाघको आक्रमणबाट मध्यबिन्दु– १२ सिस्याहानी निवासी ३९ वर्षीया बरिसा सारुमगरको निधन भएको स्थानीयले जनाएका छन् ।

सुझावित समाचार