मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौंले सोलुखुम्बुस्थित दूधकोसी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैयाँ सहयोग गरेको छ। सोलुको थुलुङ दूधकोसी गाउँपालिका– ६ मैदेल स्थायी ठेगाना भई लाउरेटोलनिवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम संकलन गरेका हुन्। अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङका अनुसार समाजले समितिलाई आइतबार १४ लाख ८३ हजार ६ सय ४१ रुपैयाँ हस्तान्तरण गरेको थियो।
सो अवसरमा समाजका एक सय तीनजनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो। थुलुङ दूधकोसी गाउँपालिका अध्यक्षसमेत रहेका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिए। स्थानीयवासीलाई सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता रहिआएको छ। अस्पताल निर्माण सम्पन्न गर्न करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञसमेत लगाइएको थियो। रासस
अस्पताल बनाउन ६० लाख रुपैयाँ सहयोग
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
सुझावित समाचार
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
टेन्टभित्रै बित्यो भेरीका १४ परिवारको दसैँ, पहिरोले खोसेको घर फर्किने प्रतीक्षामा दसैँको टीकाका दिन गाउँघरमा आफन्तको जमघट, …
विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, १२२ देशमध्ये ७२औँ स्थानमा
काठमाडौं । विश्व भोकमरी सूचकांक (जिएचआई) २०२६ अनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। प्रतिवेदनले नेपालमा भोकमरीक…
मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्…
बाँकेमा दुई कार ठोक्किँदा एकजनाको मृत्यु, ६ घाइते
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एक–आपसमा ठोक्…
एकैदिन देशका ६ जिल्लामा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ। रुपन्देही, नवलपरासी, …
आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम प्रभावित हुन सक्ने
काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। यसका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभि…