पूर्वमाओवादीबीच एकता गर्ने हो भने त्यसका आधार तयार पारौँ : सिपी गजुरेल (भिडियो)

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले नेपालका कम्युनिस्ट क्रान्तिकारीहरू एक हुनुपर्ने बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनमा बोल्दै उनले अध्यक्ष प्रचण्डले पुराना माओवादीहरू एकताबद्ध हुनुपर्छ भनेको सम्झना भइरहेको बताए। ‘यसलाई सकारात्मक रूपमा लिएको छु,’ उनले भने, ‘नेपालमा रहेका कम्युनिस्ट क्रान्तिकारीहरू एक हुनुपर्छ। यि साँच्चै पूर्वमाओवादी एक हुने हो भने त्यसको आधारहरू तयार पारौँ।’

पूर्वमाओवादी एक हुने हो भने जनयुद्ध सुरु हुनुभन्दा पहिले बसेको केन्द्रीय समितको प्रतिबद्धता सम्झेर अघि बढ्नुपर्ने उनको धारणा थियो। ‘नेपाललाई जनगणतन्त्र बनाउने प्रस्ताव पारित गरौँ। महाधिवेशनबाट राष्ट्रिय स्वाधीनताको विषयमा निर्णय लिनुस्। एमसिसी सम्झौता राखेर गर्न अधिवेशन सफल होस्। कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने प्रतिबद्धता जाहेर गर्नुस्,’ उनले भने।

सुझावित समाचार