चितवनमा पूर्वविद्यार्थीहरूले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई उपहार प्रदान गरेका छन्। भरतपुर– १३ चम्पानगरस्थित हिमाल दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको एसएलसी ब्याच २०५४ ले अध्ययनरत ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।
विद्यालयमा अध्ययनरतमध्ये गरिब र विपन्न परिवारका ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको कपडा वितरण कार्यक्रमकी सभापति सुष्मा ढकालले जानकारी दिइन्। उक्त ब्याचमा अध्यापन गराउने शिक्षकहरूसहितको उपस्थितिमा विद्यालयमा नै एक कार्यक्रम गरी कपडा वितरण गरिएको हो।
आफू पढेको विद्यालयमा आएर सहयोग अभियानमा जुटेकोमा विद्यालयका प्रधानाध्यापक त्रिलोचन सापकोटाले सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे।