कांग्रेस १४औँ महाधिवेशन: मुक्ताकुमारीलाई हालसम्मकै सर्वाधिक मत

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी (महिला) कोटामा उम्मेदवारी दिएकी मुक्ताकुमारी यादवले हालसम्मकै सर्वाधिक मत ल्याएकी छिन्। मुक्ताकुमारी ३९ सय ६० मत ल्याएर निर्वाचित भएकी हुन्। ४६ सय ७१ मत खसेकोमा १३ मत बदर भएको थियो। 

केन्द्रीय सदस्य मधेसी (महिला) मा मुक्ताकुमारीसहित नागिना यादव, मञ्जुकुमारी यादव र मीनाश्री झा निर्वाचित भएका छन्। नागिना २८ सय ४६, मञ्जु २८ सय ८६ र मीनाश्री तीन हजार १२ मत ल्याएर विजयी भएका हुन्। 

चार पदका लागि पाँचजनाले उम्मेदवारी दिएका थिए। पराजित किरण यादवले २७ सय २२ मत ल्याएकी छिन् ।

सुझावित समाचार