कांग्रेस केन्द्रीय सदस्य प्रदेश मधेसी (महिला) मा नागिना यादव, मञ्जुकुमारी यादव, मीनाश्री झा र मुक्ताकुमारी यादव निर्वाचित भएका छन्। नागिना २८ सय ४६, मञ्जु २८ सय ८६ मीनाश्री तीन हजार १२ र मुक्ताकुमारी ३९ सय ६० मत ल्याएर निर्वाचित भएका हुन्।
चार पदका लागि पाँचजनाले उम्मेदवारी दिएका थिए। पराजित किरण यादव २७ सय २२ मत ल्याएकी छिन् ।