काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आजै संगठनको नेतृत्व सम्हाल्ने भएका छन्। गृह मन्त्रालयले उनलाई दर्ज्यानी चिह्न लगाउने तयारी गरेको छ।
बुधबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनलाई आजैदेखि लागू हुने गरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णयले गरेको हो।
दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिएर केसीलाई महानिरीक्षकमा नियुक्ति गरिएको हो। कार्की हाल प्रहरी प्रधान कार्यालयमै छलफलमा जुटेका छन्। प्रहरी प्रधान कार्यालयबाट बिदाइ गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको स्रोत बताउँछ । सो विषय तय भएपछि नयाँ आइजिपीको दर्ज्यानी चिह्न र पदभार ग्रहणको कार्यक्रम तय गर्न लागिएको छ।