काठमाडौं/ नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। यसअघि गृहसचिवले लगाउने परम्परा थियो।
यसपटक पुरानो परम्परा फेर्दै गृहमन्त्रीले लगाइदिएका हुन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह लगाएर गृहमन्त्रीले शुभकामना दिएका हुन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरी डा. केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो।