नेप्से घट्दा कारोबार रकममा गिरावट

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

साताको अन्तिम कारोबार बिहीबार नेप्से सूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से सूचक बिहीबार दोहोर अंकले घट्न पुुगेको हो । 

सेयर बजारप्रति राजनीतिक दलबीच जुहारी चलेको अवस्था छ, बैंकमा सेयर कर्जा लिन उत्तिकै समस्या भइरहेको अवस्था छ, पुुँजी बजारलाई राजनीतीकरण धेरै हुुँदा यसको प्रभाव सेयर बजारमा परेको लगानीकर्ता छोटेलाल रौैनियार बताउँछन् । लगानीकर्ता पेनिक अवस्थामा रहेकाले हतारिएर सेयर किन्ने र बेच्ने लगानीकर्ता तयार नभएको उनको भनाइ छ । जसका कारण सेयर बजारमा हुने कारोबार रकममा गिरावट आएको छ । नेप्से सूचक ३७ दशमलव ८७ अंकले घटेर दुुई हजार तीन सय ७६ दशमलव ७४ बिन्दुमा पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय २४ कम्पनीका ५३ लाख ७९ कित्ता–इकाइ खरिद–बिक्री हुँदा दुई अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार प्रभुु बैंकको नौ करोड ४३ लाख रुपैयाँको भएको छ । त्यसैगरी, नेपाल बंगलादेश बैंक, समृद्धि फाइनान्स, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीको ६ करोडमाथिको कारोबार भएको छ ।

यस दिन १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ६९ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ समूूहका सूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूूहका सूूचक नकारात्मक बन्न पुुगेका छन् । विकास बैंक, जलविद्युत् समूूहका सूूचक सर्वाधिक घट्न पुुगेका छन् । जीवन बिमा, निर्जीवन बिमा समूूहका सूूचक पनि घटेका छन् ।

ग्रिन लाइफ हाइड्रोपावर, मैलुुङ खोला जलविद्युुत् कम्पनी, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रोपावर डेभलपर्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यसैगरी, नेपाल बंगलादेश बैंकको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । स्वाभिमान लघुुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, कर्पोरेट डेभलपमेन्ट, मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्सको सेयर ५ देखि ४ प्रतिशतले बढेको छ ।

 सेयर गतिविधि    
 नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक पदमा सुमन खरेल, लिमा अघिकारी आचार्य सर्वसाधारण सेयरधनी समूूहको प्रतिनिधि निर्वाचित भएका छन् । बैंकको तेस्रो वार्षिक साधारणसभामा दुईजना निर्विरोध निर्वाचित भएका हुन् ।

See More On

सुझावित समाचार