पाएको मतको न्याय गर्छु : गगन थापा (भिडियोसहित)

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले आफूले पाएको मतको न्याय गर्ने बताएका छन्। महामन्त्रीमा विजयी भएपछि सानेपामा कुरा गर्दै उनले इमानदारिता र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने बताए।

उनले पार्टी सभापतिलाई सबैलाई समेटेर अघि बढ्न आग्रह गरे। सभापतिलाई रचनात्मक सहयोग गर्ने बताउँदै गल्ती गर्न लागे घचघच्याउने बताए। महामन्त्रीको काम खबरदारी गर्ने पनि भएको उनको भनाइ छ।
 

सुझावित समाचार