सहमहामन्त्रीको मतगणना सुरु

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ। महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको थियो। निर्वाचन समितिका  सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र दलित क्लस्टरको मतगणना सुरु भएको थियो।

कांग्रेको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन्।
 

सुझावित समाचार