नेपाल राष्ट्र बैंकका प्रवक्तामा डा. भट्ट

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। भट्ट बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन्। यसअघि बैंकको प्रवक्ताको जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए। अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

सुझावित समाचार