LIVE UPDATE
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। पाँच सय मत गन्दा गगनकुमार थापाले तीन सय २५ मतसहित अग्रता कायम गरेका छन्। विश्वप्रकाश शर्मा एक सय ८५ मत ल्याएर दोस्रो स्थानमा छन् भने उनलाई प्रदीप पौडेल र प्रकाशशरण महतले पछ्याइरहेका छन्। पौडेलले एक सय ७७ र महतले एक सय ६३ मत ल्याएका छन्। यसैगरी मीनेन्द्र रिजालले ८६ र राजाराम कार्कीले १२ मत ल्याएका छन्।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि चार हजार सात सय ४३ मतदातामध्ये चार हजार ६ सय ७९ ले मतदान गरेका थिए ।