कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना जारी, खड्का र गच्छदारको अग्रता

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो ३५ सय ५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन्। खड्काले १६ सय ३४ मत ल्याएका छन्। 

प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो ३५ सय ५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले १६ सय ३४ मत ल्याएका छन् । 

सुरुवाती अग्रता कायम गरेका  धनराज गुरुङलाई खड्कासँगै विजयकुमार गच्छदारले पनि पछि पारेका छन् । गच्छदारले १४ सय ४३ र  गुरुङले १४ सय ३७ मत ल्याएका छन्।

डा. चन्द्र भण्डारीले १२ सय ५८ मत प्राप्त गरेका छन्। महेश आचार्य, सुजाता कोइराला र दिव्येश्वरी शाह प्रतिस्पर्धामा निकै पछि छन्। 

खड्का र गच्छदार शेरबहादुर देउवा प्यानलबाट तथा गुरुङ र भण्डारी डा. शेखर कोइराला प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन्। कोइराला प्रकाशमान सिंह प्यानलबाट र शाह विमलेन्द्र निधिको प्यानलबाट तथा आचार्य स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्।

कांग्रेस उपसभापतिमा दुईजना निर्वाचित हुनेछन्।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन्।  

सुझावित समाचार