कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना जारी, धनराज गुरुङ र पूर्णबहादुर खड्काको अग्रता

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन्। उनीहरुले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

१३ सय मत गणना हुँदा  गुरुङले  ५४३, खड्काले ५०२ मत ल्याएका छन्। चन्द्र भण्डारीले ४७२, विजयकुमार गच्छदारले ४५४   मत ल्याएका छन्।

सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह निकै पछि परेका छन् ।

कांग्रेस उपसभापतिमा दुईजना निर्वाचित हुनेछन्।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन्।  

सुझावित समाचार