देउवालाई शशांकले भने : पक्ष/विपक्षमा लाग्दिनँ

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा कोइरालाले आफू कसैको पक्ष/विपक्षमा नलाग्ने बताएका छन्।

भेटको क्रममा देउवाले आफूलाई सघाउन आग्रह गरेका थिए। कोइरालाले आफू एकताको पक्षमा भएको प्रस्ट्याएका थिए। सभापतिमा भएको निर्वाचनमा उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको छ। देउवा र शेखर कोइराला दोस्रो चरणको प्रतिस्पर्धामा छन्।
 

सुझावित समाचार