नेप्सेमा सकारात्मक सर्किट लागेर आजको कारोबार बन्द

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएपछि आज मंगलबार बाँकी समयको कारोबार बन्द गरिएको छ। यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात् १२ः३८ मा नेप्सेको सूचक ११४.२५ अंक अर्थात् ५.०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो। 

कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्नेबित्तिकै निरन्तर  बढेर ६.०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ। नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने गरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ। कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ। त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ। रासस

सुझावित समाचार