पार्टीलाई वैचारिक रूपमा धारिलो बनाउन आवश्यक छ : प्रदीप पौडेल

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीलाई वैचारिक रूपमा धारिलो बनाउन आवश्यक रहेको बताएका छन्। १४औँ महाधिवेशनका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिन आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। बिपी कोइरालाको समयमा जस्तो कांग्रेस वैचारिक रूपमा बलियो नरहेको उनको धारणा छ। बिपीले समाजका सबै विभेदको अन्त्य गर्ने प्रयत्न गरेको उल्लेख गर्दै उनले अहिले त्यस्तो कुनै काम गर्न नसकिएको बताए। 

‘बिपी कोइरालाको समयमा नेपाली कांग्रेस पार्टी वैचारिक रूपमा जुन ढंगबाट धारिलो थियो । त्यही ढंगबाट, यही रूपमा नेपाली कांग्रेसलाई धारिलो बनाउन आवश्यक छ । यो समाजका सबै विभेदलाई अन्त्य गर्ने प्रयत्न बिपी कोइरालाको नेतृत्वले गरेको थियो । समाजमा भएका सबै विकृतिबाट चिर्ने प्रयत्न त्यतिवेला गरेको थियो । तर, त्यही स्वरूपमा आज हामीले गर्न सकिरहेका छैनौँ,’ उनले भने।

पार्टीमा संरचनागत समावेशिताको आधार बने पनि सदस्यतामा अझै समावेशिता नभएको भन्दै उनले आगामी दिनमा पार्टीमा रहेका कमीकमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने धारणा राखे।

सुझावित समाचार