सभापतिमा निर्वाचित भए तीनै तहमा कांग्रेसलाई बहुमत दिलाउँछु : देउवा

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभापति पदमा उम्मेदवारी दिएपछि ट्विट गर्दै उनले भनेका छन् – ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ। यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।’

सुझावित समाचार