हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको निधन

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। तमिलनाडुको कुन्नुरमा भएको एक हेलिकोप्टर दुर्घटनामा रावत र उनकी श्रीमती मधुलिकासहित १३ जनाको निधन भएको हो। हेलिकोप्टरमा कुल १४ जना सवार थिए। ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

उनीहरू एमआई १७ बी ५ हेलिकोप्टरमा सवार थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल विपिन रावतको निधनप्रति दु:ख व्यक्त गरेका छन्। जनरल रावत सन् २०१६ को डिसेम्बर ३१ देखि २०१९ को डिसेम्बर ३१ सम्म भारतीय सेना प्रमुखको पदमा रहेका थिए। उनी सन् २०२० को जनवरी १ देखि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारीमा रहँदै आएका थिए। उक्त दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिइएको भारतीय वायु सेनाले जानकारी दिएको छ।

सुझावित समाचार