वेस्टर्न युनियनले दसैँ, तिहार र छठलक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत गरेको छनोटमा मस्तकला नेपाली विक विजेता बनेकी छिन् ।
उनले वेस्टर्न युनियनको नेपालमा रहेका सातवटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता पाँच भाग्यशाली विजेताहरूले २० हजार रुपैयाँ जितिसकेका छन् ।