सहमतिको नजिक पुगेका छौं, भोलि साँझसम्म साझा उम्मेदवार घोषणा गर्छौं : रामचन्द्र पौडेल

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूको विचार समूहबाट साझा उम्मेदवार घोषणा हुने बताएका छन्। १४औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवारमा सहमति गर्न चाक्सिबारीमा बसेको बैठकपछि उनले आफूहरू सहमतिको निकै नजिक पुगेको बताए। उनले बुधबार साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने बताए। 

‘सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्यौं। भोलि साँझसम्म निर्णयमा पुग्छौँ। भोलि साँझसम्म साझा उम्मेदवार तय गर्छौँ,’ बैठकपछि पौडेलले भने। पौडेल समूहबाट पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्। 

सुझावित समाचार