नेप्से परिसूचक दोहोरो अंकले घट्यो

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

सोमबार ३२ अंकले बढेको सेयर बजार मंगलबार पुनः घटेको छ। आज नेप्से परिसूचक ३७.१८ अंकले घटेर दुई हजार ५०८.९० बिन्दुमा झरेको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८५ अंकले घटेर ४७४.१३ बिन्दु कायम भएको छ।

आज कारोबार रकममा समेत गिरावट आएको छ। कारोबारमा आएका २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार ४ अर्ब ५४  करोड २३ लाख ४५ हजार २७१ रुपैयाँबराबरको कारोबार भएको थियो। आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेको छ। बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत् ७४.६९, फाइनान्स ९०.०८, निर्जीवन बिमा १६०.९८, जीवन बिमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स ७२.५६ अंकले घटेको छ।

आज कारोबारमा आएको आइसिएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशत घटेको छ। यसैगरी, कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा आज प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रह्यो। बैंकको १२ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ  । महालक्ष्मी विकास बैंक र अपी पावरको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

See More On

सुझावित समाचार