२९ असारमा प्रधानमन्त्री नियुक्त भएपछि शेरबहादुर देउवा सोमबार पहिलोपटक सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । महाधिवेशन तयारीका लागि गठन भएका समितिका कामबारे नेताहरूसँग जानकारी लिन उनी सानेपा पुगेका हुन् ।
सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा लगातार धर्ना र आन्दोलन जारी रहेपछि उनले पार्टीका बैठक निजी निवास बुढानीलकण्ठमै गर्दै आएका थिए । तस्बिर : अमुल थापा/नयाँ पत्रिका