प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

सोमबार, २० मंसिर, २०७८
डिजिटल संस्करण

संघीय संसदको संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ। सरकारले भारतका लागि डा. शंकर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएको हो।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोच र अवधारणा प्रस्तुत गर्ने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उनीहरूको नाम अनुमोदन हुने। यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समावेशिताको प्रश्न उठाएर उजुरी गर्ने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो।

उनीहरू तीनैजनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक संख्या न्यून भएपछि स्थगन भएको थियो। ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहँदैआएको छ। समिति सभापति लक्ष्मणलाल कर्णले तीनैजना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिए। राजदूतको संसदीय सुनुवाइको सुरुवात बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ। रासस

सुझावित समाचार