माओवादी स्थायी समिति बैठक जारी

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्नेछन् । बैठकमा पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल हुँदै छ। त्यसका लागि बैठकमा प्रदेश इन्चार्ज पनि सहभागी भएका छन्।
 

सुझावित समाचार