सातामा काठमाडौंमा २३० अन्तर्राष्ट्रिय उडान

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवाको उडानतालिका सार्वजनिक गरेको छ । क्यानले २७ मार्च २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय उडानतालिका सार्वजनिक गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित १९ अन्तर्राष्ट्रिय वायुसेवाका लागि उडानतालिका सार्वजनिक गरेको क्यानका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी गराए । यी एयरलाइन्सले सातामा करिब दुई सय ३० अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौंलाई विश्वका विभिन्न सहरसँग जोड्नेछन् ।

तालिकाअनुसार कतार एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबईले सबैभन्दा बढी उडान अनुमति पाएका छन् । कतार एयरवेजले दोहा–काठमाडौं दैनिक पाँचवटा, एयर अरेबियाले सारजहाँ–काठमाडौं दैनिक तीन र आबुधावी–काठमाडौं दैनिक एक उडानको अनुमति पाएको छ । 
क्यानका अनुसार गल्फ एयरले डिसेम्बरदेखि हप्तामा तीनवटा उडान गर्न प्रस्ताव गरेको छ । साथै, डिसेम्बरदेखि इन्डियासँगका उडान पनि थपिने देखिएको छ । 

सुझावित समाचार