नेकपा एमालेको दशाैँ महाधिवशेनको बन्दसत्रको दोस्रो दिन पनि केही ढिला गरी छलफल सुरु हुने भएको छ। १० बजे सुरु हुने भनिएको दोस्रो दिनको बन्दसत्र सुरु हुनसकेको छैन। अहिले प्रतिनिधिहरूलाई बन्दसत्र हलमा प्रवेश गराइँदै छ। हलको बाहिर सांस्कृतिक कार्यक्रम जारी छ।

बन्दसत्र हलबाहिर सुदूरपश्चिमका प्रतिनिधिहरूले देउडा खेल लगाइरहेका छन् भने अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलको प्रचार सुरु भएको छ। रावल पक्षका कार्यकर्ताले 'अध्यक्ष पदमा उम्मेदवारी किन ?' शीर्षकको सामग्री बाँडिरहेका छन्। बन्दसत्रस्थलको भित्रपट्टि उक्त सामाग्री बाँड्न नदिइएपछि बाहिरी गेटमा कार्यकर्ताले प्रचार गरिरहेका छन्।

