काभ्रे कांग्रेसमा लामाको प्यानल नै विजयी

आइतबार, १२ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको काभ्रेपलान्चोक जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी जिल्ला अधिवेशनबाट लामा निर्वाचित भएका हुन्। लामाले १६४६ मत पाएका थिए भने। निकटतम प्रतिद्धन्दी अच्युत प्रसाद पौडेलले ७७० मत प्राप्त गरेका थिए।

काभ्रे कांग्रेसमा तिर्थ लामाको प्यानलै विजयी भएको छ। लामाको प्यानलबाट उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल तथा सह–सचिवमा रबिन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन्।  लामा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

सुझावित समाचार